त्रियान सम्मेलनमा सहभागी हुन राष्ट्रपति भण्डारी लुम्बिनी जाँदै

बुटवल । राष्ट्रपति विद्यादेवी भण्डारी विहीवार लुम्बिनी जानुहुने भएको छ । लुम्बिनीमा आयोजित त्रियान सम्मेलनमा सहभागी हुन उनी जान लागेकी हुन् ।
लुम्बिनी बौद्ध विश्वविद्यालयको आयोजनामा बुद्ध जन्मस्थल लुम्बिनीमा प्रथम त्रियान प्रज्ञा सम्मेलन बुधबारबाट सुरु भएको हो ।

सम्मेलनको मुख्य समारोहको उदघाटन गर्न राष्ट्रपति भण्डारी लुम्बिनी लागेकी हुन्। विश्वविद्यालयले बौद्ध संस्कृति र समृद्धि तथा बौद्ध शिक्षण पद्धतिमा केन्द्रित रहेर त्रियान सम्मेलन आयोजना गरेको हो ।

राष्ट्रपतिले दिउँसो १ बजे सम्मेलनको उदघाटन गर्ने विश्वविद्यालयका रजिष्ट्रार डा तिलकराम आचार्यले जानकारी दिए । उनले विश्वविद्यालयमा निर्माण गरिएको केन्द्रीय पुस्तकालय भवनको पनि उदघाटन गर्ने कार्यक्रम छ । त्रियान सम्मेलन उदघाटनअघि राष्ट्रपति भण्डारीले कपिलवस्तुको बाणगंगास्थित कैलाश आश्रमको निरीक्षण गर्ने कार्यक्रम समेत छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×