नेपालको छायांकन सकेर विजय सेतुपाथी फर्किए भारत

काठमाडौँ। दक्षिण भारतीय चलचित्रका चर्चित अभिनेता विजय सेतुपाथी सहितको टोली अहिले हिन्दी वेब–सिरिज ‘फेक’को छायांकनका लागि नेपाल आएको छ। उनी त शनिबार नेपाल आएका हुन् भने कलाकार केके मेनन शुक्रबार नै नेपाल आएका थिए। सिरिजको छायांकन शनिबार सुरु भएर मंगलबार सकिएको हो। सिरिजको छायांकन वसन्तपुर आसपासका स्थानमा गरिएको थियो। वसन्तपुरमा एक्सन, भाग दौड आदि सिनहरू खिचिएको थियो। छायांकनका क्रममा सर्वसाधारणहरुले कलाकारहरूसँग तस्विर पनि खिचाएका छन्। कलाकारहरू आज भारत फर्किने तयारी रहेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×