काठमाडौं - फुलको आँखामा फुलै संसारजस्ता विभिन्न सन्देशमुलक गीत गायकी आनी छोइङ डोल्माले यतीबेला श्रोताका लागि राष्ट्रिय भावनाले ओतप्रोत गीतबाट फेरी राष्ट्रिय भाव जगाएकी छिन्। जसका लागि उनले राष्ट्रिय भावको गीत बजारमा ल्याएकी छिन्।
गायक शिब परियार र गायिका आनीले युगल स्वरमा राष्ट्रिय भावको गीत ‘यहि हो मेरो देश’ को भिडियो श्रोतामाझ ल्याएका हुन्। गीतकार धर्मेन्द्र खड्काको रचना रहेको यस गीतलाई शिब बराइलीको संगीत र संगीत संयोजन गरेका छन्।
गीतमा नेपालका विभिन्न सम्पदा, संस्कृत र प्राकृतिक सुन्दताको वर्णन गरिएको छ। गीतको भिडियोमा देशभक्ति भावलाई समेटिएको छ। बिकल राना पहेलीले यो गीतको म्युजिक भिडियो तयार गरेका हुन्। जसमा योगेश दाहालको छायाँकन र सम्पादन छ।