बारामा २० केजी चरेससहित ३ जना पक्राउ

बारा - बारास्थित सशस्त्र प्रहरी गस्ती टोलीले एउटा अटो रिक्साबाट ठुलो मात्रामा लागु औषध चरेस बरामद गरेको छ। सशस्त्र प्रहरी १२ नम्बर हेक्वा मातहत बारा बेनौली  सशस्त्र प्रहरी बोर्डर आउटपोष्टको टोलीले आज बिहान पचरौता नगरपालिका ७ स्थित ना १ ह ६२३४ नम्बरको अटोबाट २० किलोग्राम लागु औषध चरेससहित तीन जनालाई पक्राउ परेको हो। 

पक्राउ पर्नेमा वीरगन्ज नगवा टोलका ३० वर्षीय मुकेश श्रीवास्तब, वीरगन्ज छपकैयाका वर्ष १६ का मुस्तुफा देवान र अटो चालक बारा महागढिमाई नगरपालिका १ का वर्ष ३७ का मुस्ताज देवान रहेको सशस्त्र प्रहरी मधेस प्रदेश प्रमुख डिआइजी गणेश ठाडा मगरले बताएका छन्। बरामद चरेस र अटो सहित तिनै जनालाई आवश्यक कारबाहीको लागि नेपाल प्रहरी लाई बुझाउने तयारी भइरहेको सशस्त्र प्रहरी बाराले जनाएको छ।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×