काठमाडौँ - शहिद स्मारक ‘सी डिभिजन लिग’मा सोमबार २ खेल हुँदैछन्। ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार हुने पहिलो खेल स्वयम्भु क्लब र समाज कल्याण खेलकुद केन्द्रबीच हुँदैछ ।
खेल दिउँसो पौने १ बजेबाट सुरु हुनेछ। स्वयम्भु आफ्नो पहिलो जितको खोजीमा छ भने समाज कल्याण चौथो जितको खोजीमा रहेको छ।
३ अंकसहित स्वयम्भु तालिकाको १३ औँ स्थानमा रहेको छ भने समाज कल्याण १० अंकसहित छैंटौँ स्थानमा छ।
अर्को खेलमा स्पोर्ट्स एकेडेमी साँगा र झापा फुटबल क्लब दिउँसो ४ बजेबाट आमने सामने हुनेछन्। साँगा दोस्रो जितको खोजीमा छ भने झापा छैंटौँ जितको खोजीमा रहेको छ।
साँगा ५ अंकसहित १०औँ स्थानमा छ भने झापा १६ अंकसहित दोस्रो स्थानमा छ।