भारतमा एक दिनमा १६ हजार ९३५ सङ्क्रमित

काठमाडौँ - भारतमा बितेका २४ घण्टामा १६ हजार ९३५ जना कोरोनाका सङ्क्रमित फेला परेका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले सोमबार जनाएको छ। 

यसअघि एक दिनमा २० हजार पाँच सय २८ सङ्क्रमित फेला परेका सो मन्त्रालयले आइतबार जनाएको थियो। भारतमा हाल एक लाख ४४ हजार २५४ जना सक्रिय सङ्क्रमित छन्। यो कुल सङ्क्रमितको ०.३३ प्रतिशत भएको जनाइएको छ।  हाल भारतमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या चार करोड ३७ लाख ६७ भन्दा बढी पुगेको छ। 

पछिल्लो एक दिनमा १६ हजार ६९ कोरोना सङ्क्रमणमुक्त भएका छन्। योसँगै भारतमा अहिलेसम्म सङ्क्रमणमुक्त भएकाको सङ्ख्या चार करोड ३० लाख ९७ हजार ५१० पुगेको छ। कोरोना भाइरस सङ्क्रमण निको भएको यो दर ९८.४७ भएको जनाइएको छ। 

बितेका २४ घण्टामा कोरोना सङ्क्रमणबाट ५१ जनाको मृत्यु भएको छ। कोरोना महामारीबाट हालसम्म पाँच लाख २५ हजार ७६० जनाको मृत्यु भएको छ। माहामारी शुरु भएयता हालसम्म ८६ करोड ८८ लाखभन्दा बढीको कोरोना परीक्षण भएको छ। 

भारतमा सन् २०२१ को जनवरी १६ देखि कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको हो। हालसम्म कोरोनाविरुद्ध दुई अर्ब भन्दा बढी मात्रा खोप लगाइएको छ। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×