राष्ट्रियसभा निर्वाचन मधेस प्रदेशमा गठबन्धनका अर्याल र सिद्धिकी विजयी

विराटनगर । मधेस प्रदेशको राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धका उम्मेदवार विजयी भएका छन् । महिलातर्फ उर्मिला अर्याल र अन्यतर्फ मोहम्मद खालिद सिद्धिकी विजयी भएका हुन्।

अर्याल नेकपा (माओवादी केन्द्र)का र सिद्धिकी जसपाका उम्मेदवार हुन् । सिद्धिकी छ हजार ६७८ मतभारसहित विजयी भएको छ भने अर्यालले छ हजार १५६ मतभार ल्याएर विजयी भएकी सहायक निर्वाचन अधिकृत विकास बस्नेतले जानकारी दिए ।  

अर्यालका निकटतम प्रतिद्वन्द्वी लोसपाकी उम्मेदवार रुपाकुमारी यादवले तीन हजार २२८ मतभार ल्याइन् भने सिद्धिकीका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का उसमान अन्सारीले दुई हजार ७६६ मतभार प्राप्त गरे ।

मधेस प्रदेशमा स्थानीय तहको प्रमुख र उपप्रमुखको मतभार १८ र प्रदेशसभा सदस्यको मतभार ४८ रहेको छ । जसअनुसार स्थानीय तहका चार हजार ८२४ र प्रदेशसभाका चार हजार ९९२ गरी कूल नौ हजार ८१६ मतभार रहेको छ । मधेस प्रदेशमा ३७२ मतदाता रहेकामा ३६६ मत खसेको थियो ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×