उपचार नपाउँदा १२ वर्षीया राउटे बालिकाको मृत्यु, जेठयता ९ जनाले गुमाए ज्यान

काठमाडौँ - विगत एक महिना देखि बिरामी दैलेखको भैरवी गाउँपालिका–४ को गड जिउलामा बस्ने राउटे बालिकाको उपचार हुन नसक्दा मृत्यु भएको छ । हरिबहादुर शाहीकी १२ वर्षीया छोरी दुर्गा शाहीको बिहीबार राति मृत्यु भएको हो । बालिका बिरामी भएपनि उनको उपचार हुन सकेको थिएन ।

राउटेसँग काम गरिरहेका लालबहादुर खत्रीका अनुसार बालिका बिरामी परेको थाहा पाएपछि उपचार र खानपिनमा ध्यान दिन आग्रह गरिएको थियो । छोरीको बिहीवार राति मृत्यु भएपछि हरिबहादुर अहिले चिन्तामा छन् । हरिबहादुरका दुई छोरा र एक छोरी छन् ।

औषधि खाँदा विरामी सन्चो हुँदै गएको भए पनि माघेसंक्रान्तिमा खानपिनका कारण समस्या भएको र शुक्रवार बिहान बस्तीमा जाँदा बालिकाको मृत्यु भएको थाहा पाएको खत्रीले बताए । गड जिउलामा बस्दै आएका राउटे समुदाय शुक्रवार नै चामुण्डा बिन्द्रासैनी नगरपालिका–४ सुईयातडामा बसाइँ सरेका छन् ।

चिसो बढेसँगै राउटे समुदायका व्यक्तिमा स्वास्थ्य समस्या बढ्दै गएको छ । चिसो भुईंमा रात कटाउनुपर्ने अवस्था हुँदा बालबालिका र वृद्धवृद्धा थप जोखिममा छन् ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×