उत्कृष्ट महिला गोलकिपर एन्जिला तुम्बापो सुब्बाको बायोपिक निर्माण हुने

काठमाडौँ – प्रेमकुमार श्रेष्ठको निर्माण एवं मिलन चाम्सको निर्देशनमा नेपाली महिला राष्ट्रिय फुटबल टिमकी उतकृष्ट गोलकिपर एन्जिला तुम्बापो सुब्बाको बायोपिक निर्माण हुने भएको छ। राजधानीमा फिल्म ‘अन्जिला’ निर्माणको घोषणा गरिएको हो।

यस बायोपिकमा एन्जिलासँगै दयाहाङ राई, सिर्जना सुब्बा, माओत्से गुरुङ, बुद्धि तामाङ, प्रेमकुमार श्रेष्ठलगायतका कलाकारहरुको अभिनय रहने बताइएको छ। आफू फुटबलर बन्नको लागि एन्जिलाले गरेको संघर्ष र सफलतालाई चलचित्र मार्फत प्रस्तुत गरिने निर्माण टिमले बताएका छन्। यसै गरि निर्देशक चाम्सले ७५ प्रतिशन एन्जिलाकै जिवनी रहेता पनि त्यमा २५ प्रतिशत भने अन्य कथाहरु जोडिने जानकारी दिए। यस फिल्ममा अभिनय गर्नकै लागि एन्जिला हाल मण्डला थियटरमा अभिनय प्रशिक्षण लिइ रहेकी छिन्।

पाँचथरमा जन्मिएकी उनले १३ वर्षकै उमेर देखि फुटबल खेल्न सुरु गरेकी थिइन् भने हाल उनी राष्ट्रिय महिला फुटबल टिमकी गोलकिपर रहेकी छिन्। एन्जिलाको कथा अरू खेलाडीका लागि प्रेरक बन्ने दाबी निर्माण टिमले गरेको छ।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×