प्रमुख जिल्ला अधिकारी र प्रहरी उपरीक्षकलाई कोरोना संक्रमण पुष्टि

सर्लाही । प्रमुख जिल्ला अधिकारी र प्रहरी उपरीक्षकलाई कोरोना संक्रमण पुष्टि भएकाे छ । सिडियो थानेश्वर गौतम र एसपी कृष्ण प्रसाईंमा संक्रमण पुष्टि भएको हो ।

आइतबार जिल्ला अस्पताल मलंगवामा स्वाब परीक्षण गरिएकोमा साेमवार साँझ दुबैको रिपोर्ट पोजेटिभ आएको हो ।

कोरोना पोजेटिभ आएपछि अहिले दुबैजना होम आईसोलेसनमा बस्नुभएकाे छ । संक्रमण पुष्टि हुनुअघि दुबैजना नियमितजसो सार्वजनिक कार्यक्रममा सरिक हुँदै आएका थिए ।

सिडियो गौतमले रुघाखोकी लागेपछि कोरोना परीक्षण गराउनुभएकाे हाे भने एसपी प्रसाईंले आफू प्रायः सिडियोको साथमै हुने भएको भन्दै कोरोना परीक्षण गराएका थिए।

त्यस्तै, जिल्ला प्रशासन कार्यालयका कम्प्युटर अपरेटर मुकेश यादव पनि कोरोना संक्रमित भएका छन् । जिल्ला अस्पतालमा गरिएको स्वाब परीक्षणमा यादवमा पनि संक्रमण पुष्टी भएको हो ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×