काठमाडौँ - नेपाली राष्ट्रिय क्रिकेट टोलीले केन्यासँग खेल्ने ५ खेलको टी-२० र ३ खेलको एकदिवसीय शृङ्खलाको तालिका सार्वजनिक भएको छ।
नेपाल र केन्याबीच सुरुमा ५ खेलको टी-२० र त्यसपछि एकदिवसीय खेल हुनेछ।
शृङ्खलाका लागि नेपाली टोली भदौ ७ मा केन्या पुग्ने तालिका रहेको छ। ५ खेलको टी-२० शृङ्खला भदौ ९ गतेदेखि १४ गतेसम्म हुनेछ। त्यस्तै ३ खेलको एकदिवसीय शृङ्खला भदौ १७ देखि २० गतेसम्म हुनेछ। यी खेल नैरोबीमा रहेकाे जिमखाना मैदानमा हुनेछन्।
यसैबीच राष्ट्रिय क्रिकेट टोलीका नवनियुक्त प्रशिक्षक भारतीय पूर्व क्रिकेटर मनोज प्रभाकर आज नेपाल आउँदैछन्। उनी बेलुका काठमाडौँ आइपुग्ने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ।