क्यानडामा छुरा प्रहारबाट १० जनाको मृत्यु, एक दर्जन घाइते

काठमाडौँ - क्यानडामा भएको छुरा प्रहारमा कम्तीमा १० जनाको मृत्यु भएको छ भने एक दर्जनभन्दा बढी मानिस घाइते भएका छन्। क्यानडाको मध्य सास्काचेवान प्रान्तमा भएका घटनाका संदिग्धहरूको प्रहरीले खोजी सुरु गरेको छ। प्रहरीले घटनामा संदिग्ध रहेका ३१ वर्षीय डिमियन स्यान्डरसन र ३० वर्षीय मायद्यस स्यान्डरसनको तस्बिर सार्वजनिक गरेको छ।

घटना उत्तर पूर्वमा रहेको आदिवासी क्षेत्र जेम्स स्मिथ क्री नेसन र नजिकैको वेल्डनसहित १३ विभिन्न स्थानहरूमा भएको हो। स्थानीयहरूलाई सुरक्षित स्थानमा रहन भनिएको छ। ‘सुरक्षित स्थान नछोड्नुहोस्। अरूलाई आफ्नो निवासमा ल्याउनुअघि सावधानी अपनाउनुहोस् रोयल क्यानेडियन माउन्टेड पुलिस (आरसीएमपी) सास्काचेवानले ट्वीट गरे।

जेम्स स्मिथ क्री नेसनमा आपत्काल घोषणा गरिएको छ। क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले आक्रमणलाई ‘भयानक र हृदय विदारक’ भनेका छन्।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×