प्रिमियर लिगको यस सिजनको पहिलो खेलमा टिम बाहिरै रोनाल्डो

काठमाडौँ - क्रिस्टियानो रोनाल्डो प्रिमियर लिगको यस सिजनको पहिलो खेलमा बेन्चमा रहने भएका छन्। म्यानचेस्टर युनाइटेड छोड्ने विषय स्पष्ट नभइरहेको उनी पहिलो खेलमा बेन्चमा रहने भएका हुन्।

युनाइटेडको आगामी आइतबार हुने ब्राइटनविरुद्धको सिजनको पहिलो खेलमा रोनाल्डो बेन्चमै रहने जनाइएको छ। युनाइटेडको प्रि-सिजन अन्तर्गतको अन्तिम खेलमा घरेलु मैदानमा रायो भल्लेकानोविरुद्ध पहिलो हाफ मात्र खेलेका रोनाल्डो लामो समय मैदान बाहिर रहेको भन्दै प्रशिक्षक एरिक टेन ह्यागले उनलाई पहिलो खेलमा बेन्चमा राख्ने बुझिएको छ।

रायोविरुद्धको खेलमा पहिलो हाफपछि रोनाल्डोलाई नखेलाएपछि उनी खेल जारी रहेको बेला स्टेडियम छोडेको विषय अहिले पनि चर्चामा रहेको छ। प्रशिक्षक ह्यागले रोनाल्डोको व्यवहारबारे प्रतिक्रिया दिँदै कुनै पनि खेलाडीको त्यस्तो व्यवहार आफूलाई स्वीकार्य नहुने बताएका थिए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×