काठमाडौँ - गायिका मेलिना राई र मणिसुन्दर लिम्बुको स्वर रहेको गीत ‘आकाश छुने’ सार्वजनिक भएको छ। साहित्यकार सुरेन्द्र महर्जन अमरको शब्द रहेको गीतमा पावल चाम्लिङ राईको संगीत छ।
भिडियोमा अभिनेता यशराज गराज र साक्षी लम्सालको अभिनय रहेको छ। रोशन कुमारको निर्देशन रहेको भिडियोमा मुकेश हुमागाईको छायांकन र विनोद बमको सम्पादन रहेको छ।
लोकशैलीमा रोमान्टिक थिममा तयार गीतको भिडियोमा प्रेमकथा देखाइएको छ।