फिओरेन्टिनासँग हारबाट जोगियो युभेन्टस

काठमाडौँ - इटालियन सिरी ए अन्तर्गत युभेन्टस हारबाट जोगिएको छ। शनिबार सम्पन्न खेलमा युभेन्टस फिओरेन्टिनासँग १-१ गोलको बराबरीमा रोकिएको हो।

१-१ गोलको बराबरीको अवस्थामा खेलको ४४औं मिनेटमा फ़िओरेन्टिनाका लुका जोभिकले पेनाल्टी मिस गरेपछि युभेन्टस हारबाट जोगिएको थियो।

यसअघि खेलको नवौं मिनेटमा अर्काडिउस्जा मिलिकको गोलमा युभेन्टसले शुरुवाती अग्रता लिएको थियो भने खेलको २९औं मिनेटमा क्रिस्टियन कोउयामेको गोलमा फ़िओरेन्टिनाले बराबरी गोल गरेको थियो।

यो बराबरीपछि युभेन्टसको ५ खेलमा ९ अंक छ भने फ़िओरेन्टिनाको ५ खेलमा ६ अंक छ।   

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×