बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा भेटवार्ता भएको छ । प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार मनहरि तिमिल्सिनाका अनुसार उनीहरूबीच आज बिहान बालुवाटारमा भेटवार्ता भएको हो ।

केही दिनयता प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच भेटको लगातार भेटवार्ता भइरहेको छ । आइतबार पनि प्रचण्डलाई भेट्न ओली बालुवाटार पुगेका थिए ।

आइतबारको भेटमा राजदूत नियुक्ति, सरकारको कामलाई कसरी प्रभावकारी बनाउने लगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । आइतबार भएको छलफललाई निरन्तरता दिन आज प्रचण्ड र ओलीबीच भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×