काठमाडौं । सरकारले ८ देशका लागि नेपाली राजदूत सिफारिस गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले भारतका लागि नेपाली राजदूतमा पूर्वमुख्यसचिव लोकदर्शन रेग्मीको नाम सिफारिस भएको छ ।
अमेरिकाका लागि पूर्वसचिव चन्द्र घिमिरे र बेलायतका लागि डा. विजय पन्त सिफारिस भएका छन् । दक्षिण कोरियाका लागि सुशील प्याकुरेल, डेनमार्कका लागि सुम्निमा तुलाधर र स्पेनका लागि पुष्पराज रञ्जितकार सिफारिस भएका छन् ।
त्यस्तै, मलेसियाका लागि नेत्रप्रसाद तिमल्सिना र साउदी अरबका लागि नेपाली राजदूतमा अबुसुफ्यान खान सिफारिस भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिए ।