काठमाडौँ - काठमाडौं उपत्यकामा नेपाल बन्द गराउन सडकमा निस्केका १८ जनालाई प्रहरीले पक्राउ गरेको छ। मंगलबार नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले बन्द आह्वान गरेको थियो। बन्द आह्वान भएता पनि बन्दको प्रभाव भने शून्य रहेको छ। यातायातका साधनहरु सहजरुपमा चलिरहेका छन् भने चोक चोकमा प्रहरीहरु परिचालन गरिएको छ।
मंगलबार बिहान शंकास्पद रुपमा निस्केका १८ जनालाई पक्राउ गरिएको उपत्यका प्रहरी कार्यालयका प्रवक्ता (एसपी) सन्तोष सिंह राठौरको भनाइ छ। काठमाडौंको लगनटोल, माछापोखरी र बसपार्कबाट १७ जनालाई पक्राउ गरिएको छ। एकजना ललितपुरबाट पक्राउ परेका हुन्।
काठमाडौंबाट पक्राउ परेकाहरुलाई भृकुटीमण्डप स्थित नगर प्रहरीको कार्यालयमा राखिएको छ।