सूर्यदर्शन सहकारी मुद्दा : तारिख बुझ्न जिल्ला अदालत कास्की पुगे रवि

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा तारिख बुझ्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पोखरा आइपुगेका छन्। उनी जिल्ला अदालत कास्कीमा तोकिएको तारिखका लागि उपस्थित हुन पोखरा आएका हुन्।

जिल्ला अदालत कास्कीका सूचना अधिकारी रामबहादुर किसानका अनुसार सूर्यदर्शन सहकारीसम्बन्धी मुद्दामा अन्य प्रतिवादीहरूको म्याद मिलाउन सबै प्रतिवादीलाई अब एकै मितिमा तारिख तोकिएको छ। सोही प्रयोजनका लागि रवि लामिछाने अदालतमा उपस्थित भएका हुन्।

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा रवि लामिछाने २०८१ कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए। पछि उनी पुस २५ गते ६५ लाख रुपैयाँ धरौटीमा रिहा भएका थिए।

सहकारी ठगीसम्बन्धी मुद्दा अहिले पनि जिल्ला अदालत कास्कीमा विचाराधीन अवस्थामा रहेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×