भारत। दक्षिण भारतीय कलाकार विजय देवरकोण्डा र अनन्या पाण्डे अभिनित चलचित्र 'लाइगर: साला क्रसब्रीड'को टीजर सार्वजनिक गरिएको छ। निर्माता पक्षले चलचित्रको टिजर सामाजिक सञ्जालमार्फत पनि शेयर गरेको छ। टिजरमा ३१ डिसेम्बर बिहान १०:०३मा चलचित्रको पहिलो झलक सार्वजनिक गरिने बताइएको छ। साथै ३० डिसेम्बर बिहान १०:०३ बजे चलचित्रको बिटियस स्टिल्स र साँझ ४ बजे स्पेशल इन्स्टा फिल्टर सार्वजनिक गरिनेछ। चलचित्र २५ अगस्ट २०२२मा सिनेमाघरहरुमा हिन्दी, तेलुगु, तमिल, मलयालम र कन्नड भाषामा प्रदर्शन हुनेछ।
धर्मा प्रोडक्शन्स र पुरी कनेक्ट्सको ब्यानर तल बनिरहेको चलचित्र 'लाइगर' को निर्देशन पुरी जगन्नाथले गरिरहेका छन्। करन जोहर, चार्मी कौर, पुरी जगन्नाथ र अपूर्व मेहता चलचित्रका प्रोड्युसर रहेका छन्। चलचित्रमा विजय र अनन्याका अलावा राम्या कृष्णन, विशु रेड्डी, रोनित रोय, मकरंद देशपाण्डे, आली र गेटअप श्रीनू पनि मुख्य भूमिकामा देखिनेछन्। चलचित्रमा विश्वप्रख्यात बक्सर माइक टायसनलाई पनि देखिनेछ।
It’s almost time to unleash the beast to the nation! Starting your new year with a bang and a few punches!!#LigerFirstGlimpse on DEC 31st @ 10:03AM #LIGER @TheDeverakonda @MikeTyson #PuriJagannadh @ananyapandayy @Charmmeofficial @apoorvamehta18 pic.twitter.com/EWbYou45rJ
— Karan Johar (@karanjohar) December 29, 2021