इटालीलाई पहिलोपटक भिएनएलको उपाधि

काठमाडौँ - टर्कीको राजधानी अंकारामा भएको भलिबल नेसन्स लिग (भिएनएल) २०२२ अन्तर्गत महिलातर्फको उपाधि इटालीले जितेको छ।

इटालीले आइतबार सम्पन्न फाइनल खेलमा साविक उपविजेता ब्राजिल लाई ३-० सोझो सेटमा पराजित गर्दै पहिलोपटक भिएनएलको उपाधि उचालेको हो। उसले खेल २५-२३,२५-२२ र २५-२२ ले आफ्नो पक्षमा पार्न सफल भयो।

त्यस्तै, सर्बियाले आयोजक टर्कीविरुद्धको खेल २७-२५, २५-१७ र २६-२४ ले आफ्नो पक्षमा पार्दै तेस्रो स्थान हासिल गर्यो।

इटालीले आयोजक टर्कीलाई २५-१८, २८-२६, २५-२२ तथा ब्राजिलले विश्व विजेता सर्बियालाई १४-२५, २५-१८, २६-२४, २५-१९ को सेटमा हराउँदै फाइनलमा स्थान बनाएका थिए। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×