मोटरसाइकल चोरीको आरोपमा पाँचजना पक्राउ

काठमाडौं - काठमाडौका विभिन्न स्थानबाट मोटरसाइकल र साइकल चोरी भएको घटनामा संलग्न आरोपमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरुलाई गोकर्णेश्‍वर नगरपालिका-५ बाहुनधाराबाट पक्राउ गरेको हो। 

पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका-९ का २० वर्षीय सुरेश श्रेष्ठ, सोही ठाउँ बस्ने १८ वर्षीय किशोर,  सखुवासभा घर भएका २४ वर्षीय योगराज लिम्बु, झापाको बुद्दशान्ति गाउँपालिका-६ का २० वर्षीय दिपेश मगर र सुर्खेतको मेलकुनादचोरका २४ वर्षीय विशाल राना रहेका छन्।

महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूको साथबाट ५ थान चोरीका मोटरसाइकल र २ थान साइकलसमेत बरामद गरेको प्रहरीले जनाएको छ। उनीहरुलाई जिल्ला अदालत काठमाडौंबाट ७ दिनको म्याद लिई यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×