काठमाडौँ - बलिउड अभिनेता अजय देवगन फिल्म ‘भोला’ को निर्देशनमा जुटेका छन्। यो उनको चौथो निर्देशकीय फिल्म हुनेछ।
उनि फिल्मको शीर्ष भूमिकामा समेत रहेका छन्। यसमा उनलाई तब्बुले को-स्टारको रुपमा साथ दिँदै छिन्। मर्मस्पर्शी र एक्सन दृश्यले भरिपूर्ण बताइएको यो फिल्मको छायांकन अगस्ट २० मा सक्ने योजना सहित सुरु भएको हो।
‘भोला’ तमिल ब्लकबस्टर फिल्म ‘कैथी’ को रिमेक हो। लोकेश कनगराज निर्देशित सन् २०१९ को फिल्म एक कैदीको वरपर घुम्छ। कर्थी नामक उक्त मुख्य पात्रले आफूमाथि तस्करको आक्रमण भएपछि प्रहरीलाई सघाउने कथावस्तु यसमा छ।
अजयले यसअघि फिल्म यु मी और हम, शिवाय र रनवे ३४ निर्देशन गरिसकेका छन्।