नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पहिलेभन्दा झन् बलिया र शक्तिशाली देखिएका छन् ।
२४ देखि २८ मंसिरसम्म काठमाडौंमा सम्पन्न १४औं महाधिवेशनमार्फत् १ सय ३४ पदका लागि भएको निर्वाचनमा ९६ पदको नतिजा आइसकेको छ । ९६ जनाको नतिजा प्राप्त हुँदा सभापति देउवा समूहतर्फबाट ७६ जना नयाँ कार्यसमितिका लागि निर्वाचित भएका हुन् ।
यसैगरी, सभापतिका उम्मेदवार बनेका डा. शेखर कोइरालाको समूहबाट १६ जना निर्वाचित भएका छन् भने प्रकाशमान सिंह समूहबाट दुई जना निर्वाचितबन्दा एक जना साझा उम्मेदवार निर्वाचित भएका छन् ।
इतर तितरबितर हुँदा संस्थापनलाई नाफा
कांग्रेसको केन्द्रीय निर्वाचन समितिअनुसार अब ३८ पदको परिणाम आउन बाँकी छ । सभापति देउवा समूहबाट सभापति, एक उपसभापति र ६ जना सहमहामन्त्री गरी पदाधिकारीतर्फ मात्रै आठ जना निर्वाचित भएका छन् । पदाधिकारीतर्फ एक उपसभापति, एक महामन्त्री र दुई सहमहामन्त्री गरी चार जना कोइराला समूहबाट निर्वाचित बन्दा एक जना महामन्त्री सिंह समूहबाट निर्वाचित बनेका हुन् । सिंह समूहबाट केन्द्रीय सदस्यमासमेत राजेन्द्रकुमार केसी एक जना विजयी भएका छन् ।
यसैगरी, केन्द्रीय सदस्यतर्फ खुला ३५ मध्ये २५ जना देउवा समूहबाट निर्वाचित बन्दा नौ जना कोइराला समूहबाट र एक जना तटस्थ उम्मेदवार निर्वाचित बने । डा. शशांक कोइराला साझा उम्मेदवारका रूपमा सबै समूहमा परेका थिए ।
कांग्रेसको केन्द्रीय निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठका अनुसार बुधबार राति अबेरसम्म दलित, खस–आर्य, आदिवासी जनजातितर्फका केन्द्रीय सदस्यको पनि परिणाम आउने सम्भावना छ ।
कुल १ सय ६७ सदस्यीय हुने केन्द्रीय समितिमा ३३ जना भने सभापतिले मनोनीत गर्नेछन् ।
कुन पक्षका को को विजयी ?
देउवा पक्ष
१) सभापति– शेरबहादुर देउवा
२) उपसभापति– पूर्णबहादुर खड्का
३) सहमहामन्त्री– भीष्मराज आङदेम्बे
४) सहमहामन्त्री– फरमुल्लाह मन्सुर
५) सहमहामन्त्री– किशोरसिंह राठौर
६) सहमहामन्त्री– उमाकान्त चौधरी
७) सहमहामन्त्री– महेन्द्र यादव
८) सहमहामन्त्री– डिना उपाध्याय
केन्द्रीय सदस्य
१) एनपी साउद
२) बालकृष्ण खाँण
३) उदयशमशेर राणा
४) रामहरि खतिवडा
५) ज्ञानेन्द्रबहादुर कार्की
६) रमेश लेखक
७) शंकर भण्डारी
८) जिपछिरिङ लामा
९) जीतजंग बस्नेत
१०) गोपालमान श्रेष्ठ
११) मोहनबहादुर बस्नेत
१२) सुनिलबहादुर थापा
१३) नैनसिंह महर
१४) गोविन्द भट्टराई
१५) कुन्दनराज काफ्ले
१६) उमेशजंग रायमाझी
१७) ई. मोहन आचार्य
१८) डा. गोपाल दहित
१९) कृष्णकिशोर घिमिरे
२०) सुरेन्द्रराज पाण्डे
२१) पद्मनारायण चौधरी
२२) राजीव ढुंगाना
२३) गुरु बराल
२४) मदनबहादुर अमात्य
२५) गणेश लामा
२६) डा. डिला संग्रौला
२७) पुष्पा भुसाल
२८) डा. आरजु राणा देउवा
२९) ईश्वरी न्यौपाने
३०) अम्बिका बस्नेत
३१) रंगमती शाही
३२) रमा कोइराला पौडेल
३३) सुशीला ढकाल आचार्य
३४) अजयकुमार चौरसिया
३५) दिनेशकुमार यादव
३६) महेन्द्रकुमार राय
३७) विनोदकुमार चौधरी
३८) मुक्ताकुमारी यादव
३९) मिनाक्षी झा
४०) मञ्जुकुमारी यादव
४१) नागिना यादव
४२) अब्दुल रज्जाक
४३) अब्दुल सतार
४४) जावेदा खातुन जागा
४५) रामजनम चौधरी
४६) योगेन्द्र चौधरी
४७) कल्पना चौधरी
४८) जीवन राना
४९) अमृत अर्याल
५०) महेन्द्रकुमारी लिम्बू
५१) ध्यानगोविन्द रञ्जित
५२) उर्मिला नेपाल केसी
५३) देवेन्द्रराज कँडेल
५४) चन्द्रबहादुर केसी
५५) शीला शर्मा खड्का
५६) राजीवविक्रम शाह
५७) कर्णबहादुर बुढा
५८) जानकी सिंह
५९) डा. रणबहादुर रावल
६०) यज्ञराज जोशी
६१) सुशीला मिश्र भट्ट
६२) प्रदीपकुमार सुनुवार
६३) मदनकृष्ण श्रेष्ठ
६४) रमेश रिजाल
६५) आनन्द ढुंगाना
६६) चित्रलेखा यादव
६७) ध्रुव वाग्ले
६८) सरस्वती अर्याल तिवारी
कोइराला पक्ष
१) उपसभापति– धनराज गुरुङ
२) महामन्त्री– गगन थापा
३) सहमहामन्त्री– बद्री पाण्डे
४) सहमहामन्त्री– जीवन परियार
केन्द्रीय सदस्य
१) अर्जुननरसिंह केसी
२) दिलेन्द्रप्रसाद बडू
३) डा. रामशरण महत
४) बलबहादुर केसी
५) दीपक गिरी
६) सञ्जयकुमार गौतम
७) डा. गोविन्दराज पोखरेल
८) अजयबाबु शिवाकोटी
९) दिनेश कोइराला
१०) सरिता प्रसाई
११) डा. चन्द्रमोहन यादव
१२) राजीव कोइराला
१३) कृष्णचन्द्र नेपाली पोखरेल
प्रकाशमान सिंह समूह
१) महामन्त्री– विश्वप्रकाश शर्मा
केन्द्रीय सदस्य
१) राजेन्द्रकुमार केसी
तटस्थ
१) डा. शशांक कोइराला । राजधानी दैनिकमा महेश्वर गौतमले खबर लेखेका छन् ।