मोरङमा ज्येष्ठ नागरिक सामुदायिक भवन निर्माण

मोरङ - ज्येष्ठ नागरिकको बाँकी जीवन सहज बिताउन विराटनगर महानगरपालिका–११ मा ज्येष्ठ नागरिक सामुदायिक भवन बनाइएको छ।

भवन एवं जग्गा खरिदका लागि प्रदेश नं १ सरकारको रु पाँच लाख, विराटनगर महानगरपालिकाको रु ४० लाख र चिरञ्जीवी दाहालबाट निःशुल्क प्राप्त आठ धुर जग्गा र स्वदेश तथा विदेशका विभिन्न दाताबाट रु ९० लाख सहयोग प्राप्त भएको छ।

सामुदायिक भवनको लागि १६ धुरजग्गा रु ६३ लाखमा खरिद गरी रु ७० लाखमा दुई हजार आठ सय वर्ग फिटमा एक सभा हलसहित भवन बनाइएको छ। सामुदायिक भवनमा ज्येष्ठ नागरिकलाई विज्ञद्वारा मनोरञ्जन, विभिन्न विषयमा ज्ञान प्रदान, भवनकीर्तन, आधुनिक प्रविधिको विषयमा जानकारी दिनुका साथै बिहान योग कक्षा सञ्चालन गरिने छ।

विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले भवनको शुक्रबार उद्घाटन गर्दै ज्येष्ठ नागरिक जिउँदो इतिहास र राष्ट्रका गहना भएकाले उनीहरुबाट प्राप्त अनुभव समाज र राष्ट्रको विकासमा लगाउनुपर्नेमा जोड दिए। भवन निर्माण र जग्गा खरिदका लागि तीन सय दाताले रु तीन लाख एक सय ११ देखि तीन सय ५८ सम्म सहयोग गरेका थिए।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×