भारतको महाराष्ट्रमा सडक दुर्घटनामा पाँचको मृत्यु

एजेन्सी - भारतको दक्षिणपश्चिमी राज्य महाराष्ट्रमा आइतबार भएको सडक दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ। 

लोनावाला क्षेत्र नजिकै मुम्बई–पुणे एक्सप्रेस मार्गमा विहान ७ः३० बजे दुर्घटना भएको स्थानीय प्रहरी अधिकारीले जानकारी गराएका छन्।
तीव्र गतिमा मुम्बईबाट पुणे जाँदै गरेको एउटा कार ट्रकसँग ठक्कर खाएपछि दुर्घटना भएको र उक्त घटनामा पाँच जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ। 

सञ्चारमाध्यमका अनुसार पीडितहरूलाई स्थानीय स्वास्थ्य उपचार केन्द्रमा लगिएको तर उनीहरूलाई तत्कालै मृत घोषित गरिएको थियो।

प्रहरीले दुर्घटनाबारे थप अनुसन्धान सुरू भइसकेको जनाएको छ। 
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×