साबा बास्केटबलमा नेपाल दोस्रोमा सिमित

काठमाडौँ - साबिकको विजेता श्रीलंका घरेलु टोली माल्दिभ्समाथि ७५-५९ को जित निकाल्दै साबा महिला बास्केटबल च्याम्पियनसिपको विजेता  बनेको छ. नेपाल भने उपविजेता भएको छ।

प्रतियोगितमा नेपाल, माल्दिभ्स, भुटान र श्रीलंकागरि ४ टोली सहभागी थिए। राउन्ड रोबिन पद्दतीपछि शीर्ष स्थानमा रहेको श्रीलंका च्याम्पियन बनेको हो। पहिलो खेलमा माल्दिभ्सलाई ५१-४७ को नतिजा सुम्पिएको नेपालले दोस्रो खेलमा श्रीलंकालाई ५५-४९ ले हराएको थियो। तेस्रो खेलमा बुधबार भुटानमाथि ३५-२६ को जितसहित नेपालले यस पटक च्याम्पियन बन्ने सम्भावना जीवित राखेको थियो।

तर श्रीलंकाले माल्दिभ्सलाई हराएसँगै नेपालको च्याम्पियन बन्ने लक्ष्यले पूर्णता पाएन। दक्षिण एसियाली बास्केटबल संघ (साबा) महिला बास्केटबल च्याम्पियनसिपको यो दोस्रो संस्करण हो। यसअघि सन् २०१६ मा नेपालमा भएको पहिलो संस्करणको फाइनलमा श्रीलंकासँग पराजित हुँदा नेपाल उपविजेता बनेको थियो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×