दिपक लिम्बू र मेलिना राईको स्वरमा ‘तिम्रो हुने मन छ’ सार्वजनिक

दमक - चर्चित गायक दिपक लिम्बू र गायिका मेलिना राईको स्वर रहेको तिम्रो हुने मन छ गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ।

शुक्रबार गायिका मेलिना राई, रचनाकार तथा संगीतकार विद्या चाम्लिङ राई, निर्देशक भुपेन्द्र तुम्बाहाम्फे लिम्बूलगायत कलाकारहरुको सहभागितामा दमकमा गीतको पोष्टर सार्वजनिक गरिएको हो।

शुक्रबार नै रचनाकार राईको युट्युव च्यानलबाट गीतको भिडियो सार्वजनिक गरिएको छ। भिडियो निर्देशक एवम् छायाँकार लिम्बूका अनुसार धिमाल संस्कृति झल्काउने भिडियो पूर्वी नेपालको धिमाल बाहुल्य स्थानहरुमा छायाकंन गरिएको हो। उनलाई क्यामेरामा देवराज सिग्देलले एसिस्ट गरेका छन्।

भिडियो इडिटिङ अनिल रानाले गरका हुन् भने पोष्ट प्रोडक्सन थैली इन्टरटेन्मेन्टको रहेको छ। भिडियोमा क्रिस गुरुङ, सीमा राई, बादल श्रेष्ठ र दीपना राईको अभिनय रहेको छ। ए प्लस स्टुडियोमा रेकर्डिङ गरिएको गीतलाई महाराज थापाले एरेन्ज गरेका हुन् भने साजन साहले मिक्सिङ गरेका हुन्।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×