काठमाडौँ - गायक बुद्धि सागर लामिछानेको गीति संग्रह तृष्णा विमोचन गरिएको छ। काठमाडौंमा आयोजित कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले गीति संग्रहको विमोचन गरेका हुन्।
सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत् नागरिक उड्डयन महाशाखाका सहसचिवसमेत रहेका लामिछानेको उक्त गीति संग्रहमा ९ वटा गीत समावेश छन्।
सोही संग्रहमा समावेश भएको 'जीवनको दाउ राखेर विदेश' गीतको भिडियो हाइलाइट्स नेपालको युट्युब च्यानलमा सार्वजनिक गरिएको छ। भिडियोमा मिलन कार्की र अन्जु देउवाको अभिनय रहेको छ।
गीतमा बुद्धि सागरकै शब्द र विपिन घिमिरेको संगीत रहेको छ। संजय श्रीपालीले गीतको संगीत संयोजन गरेका छन्।
भिडियोलाई अनिल के मानन्धरले छाँयाकन गरेका हुन् भने मनोज कार्कीले सम्पादन गरेका हु्न्।
कार्यक्रममा नेपाल सरकारका सचिवहरु सुरेश आचार्य, भरतमणि सुवेदी, समीक्षक दिनेश अधिकारी, संगीतकार सुरेश अधिकारी, गायक स्वरुपराज आचार्यलगायत सहभागी भएका थिए।