काठमाडौँ - भारत र अस्ट्रेलियाबीचको दोस्रो टी-२० क्रिकेट आज हुँदैछ।
खेल नागपुरमा बेलुका सवा ७ बजेबाट सुरु हुनेछ। शृङ्खला जोगाउन भारतलाई आजको खेल जित्नैपर्ने दबाब रहेको छ।
अस्ट्रेलियाले पहिलो टी-२० मा घरेलु टोली भारतलाई ४ विकेटले हराउँदै शृङ्खलामा १-० को अग्रता बनाएको छ।
यी २ देशबीचको तेस्रो तथा अन्तिम खेल आइतवार हुनेछ। ३ खेलको टी-२० शृङ्खला खेल्न अस्ट्रेलिया भारतको भ्रमणमा रहेको छ।