घरेलु हिंसा तथा विद्युतीय अपराध न्यूनिकरण सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

ललितपुर - गोदावरी नगरपालिकाकोसभा हलमा घरेलु हिंसा तथालैंगिक हिंसा न्यूनिकरण एवम् सामाजिक संजालको दुरूपयोग लगायतका विषयमा सचेतनामूलक कार्यक्रम बिहीबार सम्पन्न भएको छ । नेपाल प्रहरी श्रीमती संघ भृकुटीमण्डपको आयोजना र प्रहरी वृत्त चापागाउँ ललितपुरको सहकार्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो । 

कार्यक्रममा ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठले सचेतनामूलक कार्यक्रम ज्यादै प्रभावकारी र महत्वपूर्ण रहेको उल्लेख गर्दै यस्ता कार्यक्रमलाई आगामी दिनमा समेत निरन्तरता दिनुपर्ने बताए ।  

कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमतीलक्ष्मी कुँवरले आफ्नो टोल छिमेकमा हुने लैंगिक तथा घरेलु हिंसा र विद्युतीय अपराधलाई निर्मुल पार्ने उद्देश्यले यस कार्यक्रमको आयोजना गरिएको बताए । प्रविधि र ईन्टरनेटको माध्यमबाट हुने विद्युतीय अपराध हुन नदिन समयमै सचेत हुनुपर्ने उल्लेख गर्दै उहाँलेकार्यक्रमबाट सकारात्मक प्रभाव पर्नुको साथै विभिन्न किसिमका हिंसा न्यूनिकरण गर्न टेवा पुग्ने विश्वापस व्यक्त गरे ।   

प्रहरी वृत्त चापागाँउका प्रमुख प्रहरी नयाव उपरीक्षक डिल बहादुर मल्लले स्वागत मन्तव्य तथा कार्यक्रमको औचित्यबारे जानकारी दिनुभएको उक्त कार्यक्रममा प्रहरी निरीक्षक दिपक प्रसाद रिजालले साइवर अपराध सम्बन्धी कानूनी प्रावधानहरू बारेमा जानकारी दिएका थिए । 

कार्यक्रममा घरेलु हिंसा न्यूनिकरणसम्बन्धी ‘समान युग’ र विद्युतीय अपराध न्यूनिकरण सम्बन्धी ‘मोबाइल क्राइम’ नामक नाटक प्रदर्शनीको साथै सामूहिक सहचारी नृत्य प्रस्तुत गरिएको थियो ।  

कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीहरू, स्थानीय जन प्रतिनिधिहरू, विभिन्न शिक्षण संस्थाका शिक्षक÷शिक्षिका एवम् विद्यार्थीहरू, विभिन्न संघ संस्थाका प्रतिनिधिहरू, संचारकर्मी, प्रहरी अधिकृत एवम् जवानहरू लगायतको उपस्थिति रहेको थियो ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×