४१ प्रतिशतमा पुग्यो बीमा

काठमाडौँ - पछिल्लो समय नेपालमा बीमाको दायरामा आएको जनसङ्ख्या ४१ प्रतिशतभन्दा धेरै भएका छ। एक वर्षको अवधिमा बीमाको दायरा झन्डै १४ प्रतिशतले बढेको छ। २०७९ असार मसान्तसम्ममा बीमाको पहुँच (म्यादी, लघु म्यादी र वैदेशिक रोजगार जीवन बीमासहित) ४१.२० प्रतिशत पुगेको हो। 

आव २०७७/७८ को तुलनामा गत आर्थिक वर्ष १३.६८ प्रतिशतले बीमा पहुँच बढेको हो। २०७८ को असार मसान्तसम्ममा बीमाको पहुँच २७.५२ प्रतिशत जनसङ्ख्यामा पुगेको थियो।

आव २०७८/७९ को असार मसान्तसम्ममा जीवन बीमालेखको सङ्ख्या पनि ५२ प्रतिशतले बढेको छ। २०७९ को असारसम्म यस्तो जीवन बीमालेख एक करोड ३० लाख ९९ हजार ६३२ रहेको छ। २०७८ को असारमा जीवन बीमालेख ८६ लाख १२ हजार ८५० रहेको थियो। 

यस्तै निर्जीवन बीमा लेख सङ्ख्यामा भने २.०६ प्रतिशतको मात्रै वृद्धि भएको छ। २०७९ असार मसान्तसम्ममा २७ लाख ८८ हजार १८ रहेको निर्जीवन बीमालेख २०७८ असारमा २७ लाख ३१ हजार ७७३ रहेको थियो।  गोरखापत्र दैनिकबाट

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×