पोल्याण्डलाई हराउँदै फ्रान्स विश्वकपको क्वाटरफाइनलमा

काठमाडौँ - पोल्याण्डलाई ३-१ गोलअन्तरले पराजित गरी फ्रान्स फिफा विश्वकपको क्वाटरफाइनलमा पुगेको छ। आइतबार राती कतारको दोहास्थित अल थुमाना रंगशालामा भएको खेलमा ओलिभर जिरोडको गोलमार्फत फ्रान्सले पहिलो हाफमा अग्रता बनाएको थियो। ४४औं मिनेटमा उनले केलिएन एम्बाप्पेको पासमा गोल गरेका थिए।

जिरोडले फ्रान्सका लागि ५२औं गोल गरी थिएरी हेनरीको नाममा रहेको सर्बाधिक गोलको कीर्तिमान आफ्नो नाममा सारेका छन्। दोस्रो हाफमा फ्रान्सले २ गोल थप्दा दुवै गोल एम्बाप्पेले गरेका थिए। ७४औं र खेलको इन्जूरी समयमा भएका दुवै गोल शानदार फिनिसिङ्को नमूना थियो।

खेलको अन्तिम मिनेटमा पोल्याण्डले पेनाल्टी पायो  रोवर्ट लेवाण्डोस्कीले पेनाल्टीमा गोल गरेका थिए।

एम्बाप्पेले जारी विश्वकपमा आफ्नो गोलसंख्या ५ पुर्याएका छन्। उनी अहिलेसम्म सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थानमा रहेका छन्  योसँगै एम्बाप्पेले अहिलेसम्म विश्वकपमा ९ गोल गरेका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×