पशुपतिको धर्मशाला, सेभेन स्टार होटेल हो कि धर्मशाला ? : मन्त्री आले

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले पशुपतिको धर्मशाला देखेर आफू अचम्मित भएको टिप्पणी गरेका छन् । उनले उक्त धर्मशाला सेभेन स्टार होटेल हो वा धर्मशाला भनि टिप्पणी गरेका छन् । आइतबार बिहान बतास समूले सञ्चालन गरेको उक्त धर्मशाला निरीक्षण पश्चान उनले यस्तो टिप्पणी गरेका हुन् ।

धर्मशाला सस्तो र सर्वसुलभ हुन् पर्नेमा एउटा कोठामा एकजना बस्दा पाँच हजार पाँच सय रुपैया र दुई जना बस्दा एघार हजार रुपैयाँ लिने गरिएको देखिएको उनले बताए । उनले यस सम्बन्धमा छानबिन समितिले प्रतिवेदन बुझाएपछि सत्यतथ्य बाहिर आउने बताएका छन् । उनले छानविनबाट जो दोषी देखिन्छ उसलाई कारवाहीको दयरामा ल्याउने बताए ।

बतास समूहले व्यवस्थापन को जिम्मेवारी लिएको धर्मशालामा अत्यधिक शूल्क लिएको गुनासो आएपछि आइतबार छानविन समितिका सदस्य, पशुपति क्षेत्र विकास कोषका पदाधिकारीसहित मन्त्री आले वहाँ पुगेका थिए ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×