प्रिमियर लिगमा आज तीन खेल हुँदै

काठमाडौँ - इंग्लिस प्रिमियर लिगमा आज तीन खेल हुँदैछन्। आज साविक विजेता म्यानचेस्टर सिटी,म्यानचेस्टर युनाइटेड र लेस्टर सिटी आ-आफ्नो खेलका लागि मैदान उत्रिने छन्।

आजको खेलमा म्याचेस्टर युनाइटेडमा स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो हुने सम्भावना भने निकै कम रहेको छ। नेपाली समयअनुसार साँझ पौने सातमा २ खेल हुँदैछन्।

जसमाम्याचेस्टर युनाइटेडले घरेलु मैदान ओल्ड ट्राफोर्डमा ब्राइटनको सामान गर्दा लेस्टर सिटीले पनि घरेलु मैदान किंग्स पावर स्टेडियममा ब्रेन्टफोर्डसँग खेल्नेछ।

उपाधि रक्षा अभियानमा रहेको सिटीले घरेलु टोली वेस्ट ह्याम युनाइटेडसँगको खेलबाट सिजनको सुरुवात गर्नेछ। यो खेल लण्डन स्टेडियममा राति सवा १० बजेबाट सुरु हुनेछ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×