स्थानीय तहकाे निर्वाचनबारे छलफल गर्न आज सत्ता गठबन्धनकाे बैठक बस्दै

काठमाडौं । स्थानीय तहकाे निर्वाचनबारे छलफल गर्नका लागि आज (शनिवार) सत्ता गठबन्धनकाे बैठक बस्ने भएकाे छ ।

हिजाे (शुक्रवार) बसेकाे तीन दलका शीर्ष नेताकाे बैठकले छलफलमा सत्ता गठबन्धनका पाँचवटै दलका शीर्ष नेताहरुको बैठक आज बोलाउने सहमति गरेकाे थियाे ।

आगामी निर्वाचनका विषयमा सत्ता गठबन्धनका प्रमुख तीन दलका शीर्ष नेताहरुबीच शुक्रवार छलफल भएकाे हाे ।

प्रधानमन्त्री देउवासँग नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान करिब एक घण्टा छलफल गर्नुभएकाे थियाे ।

आजको छलफलमा भोलि सत्ता गठबन्धनको बैठक बोलाउने सहमति भएको छ र सत्ता गठबन्धनमा स्थानीय तहको निर्वाचन केही पछि धकेल्ने विषयमा भइरहेकाे बहसबारे नेताहरूबीच कुराकानी भएकाे बताइएकाे छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×