एजेन्सी - म्यानमारको राजधानी याङ्गुनमा मङ्गलबार बम विस्फोट भएको छ। विस्फोटनमा परी कम्तीमा एक जनाको मृत्यु भएको र अरु नौ जना घाइते भएको प्रहरी श्रोतले जानकारी दिएको छ =।
अत्यन्त व्यस्त रहेको बेला स्थानीय समय अनुसार दिउसो ३.२० बजे राजधानी याङ्गुनमा विस्फोटन भएको प्रहरीको भनाई छ। राजधानी स्थीत बसपार्क नजिकै विस्फोटन भएको हो । घटनाका बारेमा थप अनुसन्धान सुरु भइसकेको प्रहरीले जनाएको छ।