सिटीको जितमा हालान्डको दुई गोल

काठमाडौँ - एर्लिङ हालान्डले प्रिमियर लिग डेब्यु खेलमै उत्कृष्ट प्रदर्शन गरेपछि साविक विजेता म्यानचेष्टर सिटीले वेष्टह्यामलाई २-० ले पराजित गर्दै उपाधि रक्षा अभियान सुरु गरेको छ।

वेष्टह्यामको मैदानमा आइतबार राति भएको भएको खेलमा हालान्डले दुवै हाफमा गोल गरेका थिए। २२ वर्षीय नर्वेजियन स्ट्राइमरले सिटीका प्रशिक्षक पेव ग्वार्डिओलालले चाहे जस्तो प्रदर्शन गरेका थिए।

३६औं मिनेटमा वेष्टह्याम्का वैकल्पिक गोलकिपर अल्फेन्से अरियोलाले हालान्डलाई पेनाल्टी बक्समा फल गरेपछि प्राप्त पेनाल्टीमा हालान्डले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए। यस्तै ६५औं मिनेटमा हालान्डले केभिन डे ब्रुएनाको पासमा दोस्रो गोल गरेका थिए।

जितपछि सिटीले ३ अंक जोडेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×