काठमाडौ - भोलि सोमबार नेपाल राष्ट्र बैंकले पुनः १७ अर्ब रुपैयाँको ट्रेजरी बिल बिक्री गर्नै भएको छ । सो दिन अपरान्ह दुई बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागेको राष्ट्र बैंकको भनाई छ ।
राष्ट्र बैंकका अनुसार जारी मिति भने पुस २४ गते मंगलबार तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन पाउने छन । बिक्री गरिने कुल ट्रेजरी मध्येमा ९१ दिने अवधिको आठ अर्ब र एक सय ८२ दिने अवधिको नौं अर्ब रुपैंयाँ बराबरको रहेको छ । राष्ट्र बैंकका अनुसार यि ट्रेजरीहरुको परिपक्व हुने अवधि भने क्रमशः २०८० चैत्र २७ गते र २०८१ असार २६ गते तोकिएका छन् ।
यि ट्रेजरी बिलहरु मध्ये एक सय ८२ दिने अवधिको नौं अर्ब रुपैंयाँको ट्रेजरी बिल मध्ये तीन अर्बको नयाँ भएपनि बाँकी सबै पुरानो नविकरण अन्तर्गतको रहेको राष्ट्र बैंकको भनाई छ । यसअघि यही पुस १६ गते पनि राष्ट्र बैंकले २० अर्ब २५ करोडको ट्रेजरी बिल बिक्री गरेको थियो ।