जाजरकोट - मुड्केचुला गाउँपालिकाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र) का दत्तबहादुर शाही निर्वाचित भएका छन् । उपाध्यक्षमा पनि माओवादीकै दुधा कुमारी रोकाया विजयी भएका छन् ।
यस गाउँपालिकामा अध्यक्षका उम्मेदबार शाहीले १ हजार ३०९ मत ल्याएर विजयी भए भने नेकपा (एमाले), नेपाली कांग्रेस र नेकपा (एकीकृति समाजवादी) का संयुक्त उम्मेदवार लंकबहादुर रोकायले १ हजार २०७ मत प्राप्त गरे ।
त्यस्तै माओवादी केन्द्रकी उपाध्यक्ष उम्मेदवार रोकायाले १ हजार ३३६ मत ल्याएर विजयी भए भने नेकपा एमालेकी उम्मेदवार सविता कुमारी रोकायले १ हजार १६५ मत प्राप्त गरेकी थिईन् ।