विश्वकपका लागि घानाको टिम घोषणा

काठमाडौँ - कतारमा अर्को साता सुरु हुने फिफा विश्वकपका लागि घानाले टिम घोषणा गरेको छ। प्रशिक्षक ओट्टो एड्डोले सोमबार २६ सदस्यीय अन्तिम टोली घोषणा गरेका हुन्।

एड्डोले नोभेम्बर ४ मा ५५ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेका थिए र त्यसैबाट अन्तिम टोली घोषणा गरेका हुन्। टिममा पहिलो गोलकिपर वोल्लाकोट भने छैनन्। विश्वकपअघि अन्तिम क्लब खेलमा औंलाको चोट लागेपछि उनी विश्वकप खेल्ने टिममा परेनन्।

अनुभवी दाजुभाघ आन्द्रे आयु र जोर्डन आयुसहित थोमस पार्टे, बाबा रहमान र डानिएल मार्टे घानाको टिममा समावेश छन्। समूह एचमा रहेको घानाले नोभेम्बर २४ मा पोर्चुगलसँग पहिलो खेल खेल्नेछ।

घानाको टिम

गोलकिपर - लवरेन्स एटी जिगी, अब्दुल मानाफ नुरदिन, इब्राहिम डानलड

डिफेण्डर - बाबा रहमान, डानिएल अमार्टे, अलेजान्डर जिकु, जोसेफ अइडो, गिडेओन मेनसाह, डेनिस ओडोई, अलिडु सेइडु, मोहम्मेद सालिसु, तारिक लामपाटे

मिडफिल्डर - आन्द्रे आयु, थोमस पार्टे, मोहम्मद कुडुस, डानिएल कोफी केरेह, एलिशा ओवुसु, डानिएल अफ्रियी, सालिस अब्दुल सामेद

फरवार्ड - जोर्डन आयु, कमलदिन सुलेमाना, अब्दुल फतावु इशाहाकु, ओस्मान बुकारी, इनाकी विलियम्स, एन्टोनी सेमेन्यो, कमल सोवह

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×