काठमाडौँ - लामो समयदेखि लण्डनमा बसोबास गर्दै आएकी गायिका शर्मिला बर्देवाको नयाँ गीत 'यो मुटुको' सार्वजनिक भएको छ। गीतलाई युवा गीतकार रवी मल्लले लेखेका हुन्। गीतमा युवा संगीतकार कल्याण सिंहको संगीतमा रहेको छ। गीत शनिबार गायिका बर्देवाको आफ्नै युट्युब च्यानलबाट रिलिज गरिएको हो।
म्युजिक भिडियो निर्देशन भने बेलायतमै बसोबास गर्दै आएका कलाकार तथा नृत्य निर्देशक प्रभु गुरुङले गरेका छन्। भिडियोमा सलिना थापामगर र सरोज केसी लगायत सुदेश गौचन र नरबहादुर गुरुङको समेत अभिनय रहेको छ।
भिडियोको छायाँकन र सम्पादन दुवै सुमन श्रेष्ठले गरेका हुन्। भिडियोको कलर ग्रेडिङ नवीन निरौलाले गरेका छन् भने श्रृङ्गार पुष्पा गुरुङले गरेकी छिन्। एसबी वर्ल्ड म्युजिकको व्यानरमा गायिका बर्देवाका श्रीमान सरोज परियारले भिडियोको निर्माण गरेका हुन्।
बर्देवाको आँखैमा झलझली हितैको दौँतरी, फूलको जवाफ पत्थरले दिनेलाई, मेरो हजुरलाई के दिउँनी भेट, निल काडाझै मन फुल्यो, रक्सी बेचे आलु बेचे, सर सर अलि ओर, हिउँचुलीमा हिउं, लगायत पार्श्व गायनमा आगो लाग्यो दिलैमा दमकल बोलाईदेउ, तस्वीरमै येस्तो, बेहुली हुने रहर, कान्तिपुरि हो कि यो हो प्रेम नगरी, चोली टिम्मिक्कै, सुनको बिहानि, मनकि चरी उडि उडि, बेला बज्यो कताकता जस्ता सयौं भन्दा बढी गीत चर्चित रहेका छन्।