इन्स्टाग्राममा २० करोड फलोअर्स पार गर्ने विश्वका पहिलो क्रिकेटर बने विराट कोहली

काठमाडौँ - भारतीय पूर्व कप्तान विराट कोहलीको ब्याट मैदानमा मौन भएता पनि उनले सामाजिक सञ्जालमा चौका र छक्का जम्मा गरिरहेका छन्। पछिल्लो दुई वर्षमा उनको ब्याटले कुनै पनि फर्म्याटमा शतक बनाउन सकेको छैन। तर, यो अवधिमा उनले सामाजिक प्लेटफर्म इन्स्टाग्राममा ठूलो इनिङ खेलेका छन्।

यस प्लेटफर्ममा विराट कोहलीका २० करोडभन्दा बढी फलोअर्स छन्। उनी २० करोड फलोअर्स भएका विश्वकै पहिलो क्रिकेटर बनेका छन्। कोहली दक्षिण अफ्रिका विरुद्ध जुन ९ बाट सुरु हुने टी(२० सिरिजमा टिम इन्डियाको हिस्सा छैनन् तर फ्यानमा उनको क्रेज भने कायमै रहेको छ। यो उनको फलोअर्स संख्याबाट अनुमान गर्न सकिन्छ। विराट कोहलीले यस सामाजिक प्लेटफर्ममा कुनै एउटा पोस्ट गरेबापत्  पाँच करोड भारु कमाउँछन्।

पहिलो स्थानामा रोनाल्डो ,दोस्रो स्थानमा मेस्सी छन् भने, तेस्रो स्थानमा विराट अटाएका छन्।

उनी यस सामाजिक प्लेटफर्मको धनी सूचीमा १९ औँ स्थानमा छन्। उनी शीर्ष २० मा एक मात्र भारतीय हुन्। कोहलीले हरेक पोस्टबाट ५ करोड कमाउँछन्। गत वर्ष इन्स्टाग्राम रिचलिस्ट जारी गरिएको थियो। यसमा कोहली भारतीयको शीर्ष स्थानमा रहेका थिए। उनी बाहेक प्रियंका चोपडा २७ औँ स्थानमा छिन्।

उनी बाहेक सबैभन्दा धेरै कमाउने सेलिब्रेटी फुटबलर क्रिस्टियानो रोनाल्डो हुन्। उनले प्रत्येक भुक्तानी पोस्टबाट ११.९ करोड भारु कमाउँछन्। त्यसपछि दोस्रो र तेस्रो स्थानमा ड्वेन जोनसन र एरियाना ग्रान्डे छन्। एरियानाले हरेक पोस्टबाट १० करोड कमाउँछिन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×