‘ए’ डिभिजन लिग : हिमालयन शेर्पा र पुलिसको खेल बराबरीमा टुङ्गियो

काठमाडौँ। शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितअन्तर्गत आज भएको पहिलो खेलमा हिमालयन शेर्पा क्लब र नेपाल पुलिस क्लबबीचको खेल बराबरीमा टुङ्गिएको छ। 

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशाला मैदानमा भएको खेलमा हिमालयन शेर्पा र नेपाल पुलिस क्लबले १–१ गोलको बराबरीमा खेल्दै अङ्क बाँडेका छन्। खेलमा पहिलो अग्रता भने हिमालयन शेर्पाले लियो। 

खेलको सुरुआती ५३औँ सेकेन्डमा कप्तान विश्वास श्रेष्ठले गोल हानेर हिमालयन शेर्पाले खेलमा पहिलो अग्रता लियो। मैदानको मध्य भागमा अलरिच सिवे र विश्वासको समन्वयमा बनेको मुभमा विश्वासको पेनाल्टी बक्सबाहिरको प्रहार पुलिसका गोलरक्षक शत्रुघनकुमार चौधरीलाई लाग्दै गोलमा परिणत भएको थियो। 

यता पुलिस क्लबले भने खेलको दोस्रो हाफमा एक गोल फर्काउँदै खेललाई १–१ गोलको बराबरीमा ल्यायो। खेलको ६०औँ मिनेटमा रबि पासवानको पासमा सुमन लामाले करिब सिक्स यार्डबाट प्रहार गरेको बलले जाली चुम्यो। 
    
 यस बराबरीसँगै पुलिसले तीन खेलमा पाँच अङ्क जोडेको छ। अङ्कतालिकामा पुलिस चौथो स्थानमा उक्लिएको छ। त्यस्तै हिमालयन शेर्पाले तीन खेलमा दुई अङ्क जोडेको छ। हिमालयन शेर्पा लिगको १२औँ स्थानमा छ। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×