क्यालिफोर्नियामा ६.२ रिक्टर स्केलको भूकम्प

काठमाडौँ । अमेरिकाको क्यालिफोर्निया राज्यमा सोमबार मध्यराति ६.२ रिक्टर स्केलको भूकम्प गएको छ।

क्यालिफोर्नियाको पेट्रोलिया भन्ने स्थानमा भूकम्प गएको हो। सो भूकम्पको केन्द्रबिन्दु ९.३ किलोमीटर गहिराइमा रहेको अमेरिकी भौगर्भिक सर्वेक्षणले जनाएको छ। यो भूकम्पपछि सुनामीको खतरा भने नरहेको बताइएको छ। यसबाट भएको क्षतिको विवरण भने आएको छैन।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×