केन्द्रीय तथ्यांक विभागले माग्यो करारमा ६ हजार ३०३ जना कर्मचारी

काठमाडौँ - केन्द्रीय तथ्यांक विभागले ६ हजार ३०३ जना कर्मचारी माग गरेको छ। विभागले कृषि गणना २०७८ का लागि तथ्यांक संकलन गर्न सुपरिवेक्षक र गणक पदमा करारमा कर्मचारी नियुक्त गर्न लागेको हो।

सुचनाको अनुसार सुपरिवेक्षकका लागि  मान्यताप्राप्त संस्थाबाट स्नातक तह तथा गणकको लागि प्रविणता पत्र तह वा सो सरह उत्तीर्ण गरेको हुनुपर्नेछ।

सुपरिवेक्षकका लागि मासिक ३० हजार २ सय र गणकको लागि २८ हजार ६१० रुपैयाँ पारिश्रमिक तोकिएको छ। करार अवधि दुई महिनाको हुने विभागले जनाएको छ। 

इच्छुक उमेदवारले आगामी चैत ७ गते भित्र  विभागको अनलाइनमार्फत आवेदन दिनुपर्ने छ।




मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×