भद्रपुर विमानस्थलमा बुद्ध एयरको विमान रन–वेबाट चिप्लियो

झापाको भद्रपुर विमानस्थलमा बुद्ध एयरको एक विमान अवतरणका क्रममा रन–वेबाट चिप्लिएको छ ।

झापाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) शिवराम गेलालले विमान ग्राउन्ड क्षेत्रभन्दा केही बाहिर पुगेको जानकारी दिँदै घटनाबारे थप विवरण संकलन भइरहेको बताए ।

कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी बिनोद घिमिरेका अनुसार अवतरणका बेला विमान रन–वेबाट तलतिर चिप्लिएको हो ।

त्यसैगरी, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाले काठमाडौं–भद्रपुर रुटको ९०१ उडान नम्बरको बुद्ध एयरको जहाज ओभर रन भएपछि ग्रास एरियामा पुगेको जानकारी दिए ।

हाल यात्रुहरूलाई सुरक्षित रूपमा ओराल्ने काम भइरहेको छ । प्रारम्भिक विवरणअनुसार यात्रु तथा चालक दलका सबै सदस्य सकुशल रहेका छन् ।

घटनासम्बन्धी थप जानकारी आउन बाँकी छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×