टी-ट्वान्टी विश्वकप: वेस्ट इन्डिजको पहिलो जित

काठमाडौँ - दुई पटकको च्याम्पियन वेस्ट इन्डिजले टी-ट्वान्टी विश्वकप क्रिकेटमा पहिलो जित हात पारेको छ। अष्ट्रेलियामा जारी आठौं संस्करण अन्तर्गत बुधबार भएको खेलमा जिम्बाबेलाई ३१ रनले हराउँदै पूर्व पहिलो जित दर्ता गर्यो।

वेस्ट इन्डिजले दिएको १५४ रनको लक्ष्य पछ्याएको जिम्बाबे १८ ओभर २ बलमा अलआउट हुँदै मात्र १२२ रन मात्र बनायो। जिम्बाबेका लागि लुन्कि जुवान्काले २९ रन बनाउँदा वेस्लि मधिभिरीले २७ रनको योगदान गरेका थिए। वेस्ट इन्डिजका लागि अल्जारी जोसेफले सर्वाधिक ४ विकेट लिएका थिए। त्यस्तै जासन होल्डरले ३ विकेट लिए।

यसअघि पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले २० ओभरमा ७ विकेट गुमाएर १५३ रन बनाएको थियो। वेस्ट इन्डिजका लागि जोहन्सन चाल्र्सले सर्वाधिक ४५ रन बनाएका थिए। त्यस्तै रोभमन पावेलले २८ रन बनाए।

जिम्बाबेका लागि सिकन्दर राजाले सर्वाधिक ३ विकेट लिएका थिए। त्यस्तै ब्लेसिङ्ग मुजारवानीले २ विकेट लिएका थिए। जितसँगै वेस्ट इन्डिजले २ खेलमा २ अंक जोडर समूह ‘बी’ को चौथो स्थानमा रहेको छ। जिम्बाबे भने २ खेलमा २ अंकका साथ दोस्रो स्थानमा रहेको छ। वेस्ट इन्डिज पहिलो खेलमा स्कटल्यान्डसँग ४२ रहले पराजित भएको थियो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×