टीवाईटी कपमा एनआरटीको फराकिलो हार

काठमाडौँ - सहिद स्मारक ‘ए’ डिभिजन टोली न्युरोड टिम (एनआरटी) लेटुवाङ याङ टेरुत (टिवाइटी) प्रतियोगिताको पहिलो खेलमा फराकिलो हार व्यहोरेको छ।

बिहीबार मलेसियाको पेनाङमा भएको खेलमा एनआरटी इन्डोनेसियाको लिग टू क्लब कारो युनाइटेड एफसीसँग ५-१ गोलले पराजित भएको हो।

कारोलाई जित दिलाउन गिलाङ प्रमुड्याले २ गोल गर्दा फरेल अक्बर अलेसान्ड्रो, कार्डिनाटा तारिगन र मौलाना खालिदीले समान १ गोल गरे।

पहिलो हाफमै ४ गोल खाएको एनआरटीले दोस्रो हाफमा थप १ गोल खाँदा १ गोल फर्काएका थियो।

एनआरटीका लागि विदेशी खेलाडी मेसुके ओलौमोउले १ गोल फर्काएका थिए। एनआरटीले शनिबार पेनाङ एफसीसँग प्रतिस्पर्धा गर्ने तालिका रहेको छ।

लिगको अंकको आधारमा विजेता र उपविजेता टोलिको टुंगो लाग्नेछ। टीवाईटी कपको विजेताले १० हजार मलेसियन रिंगेट तथा उपविजेताले ५ हजार मलेसियन रिंगेट प्राप्त गर्नेछ।

टीवाइटी कपपछि एनआरटीले थाइल्याण्डमा विभिन्न क्लबसँग तीन मैत्रीपूर्ण खेल खेल्ने तालिका रहेको छ। एक खेल थाई लिग वान क्लब छोनबुरी एफसीसँग खेल्ने पक्का भइसकेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×