‘पारपाचुके नभएको भए केही गलत हुन्थ्यो’: सामन्था रुथ प्रभु

काडमाडाैँ - दक्षिण भारतीय अभिनेत्री सामन्था रुथ प्रभु नागा चैतन्यसँग प्रेम मात्रै गरिनन्, उनीसँगै विवाह पनि गरिन्। तर, उनीहरूको वैवाहिक सम्बन्ध लामो समयसम्म टिक्न सकेन। गत अक्टोबरमा यो जोडी अलग भएको थियो। हालै एक सञ्चार माध्यमसँग कुरा गर्दै समन्थाले त्यतिखेर पारपाचुके नगरेको भए केही गलत हुन्थ्यो भन्ने खुलासा गरेकी छन्।

उनले आफ्नो जीवनमा आएको उचारचढाव आफैले अभिनय गरेको ‘सावित्री’ पायोपिक चलचित्रसँग केही मेल खान सक्ने पनि बताइन्। ‘आफ्नो सम्बन्धले घातक रुप लिन सक्ने खतरा देखेपछि मैले नागासँग छुट्टिने निर्णयमा पुगेकी हुँ’, समन्थाले भनेकी छन्, ‘यदि त्यसो नगरेको भए सायद केही गलत हुन सक्थ्यो।’ आपसी असमझदारीका कारण विवाह बन्धनमा बाँधिएको चार वर्षमै समान्था र चैतन्यले बैवाहिक सम्बन्ध टुंग्याएका थिए। यी दुई जोडीमध्ये एकले करियरलाई महत्व दिने र अर्को चाहिँ परिवारलाई अगाडि बढाउनु पर्नेमा अडिग भएका कारण दुईबीच सम्बन्धमा दरार आएको बताइएको थियो। 

सामन्था करियर अगाडि बढाउन चाहन्थिन भने नागा चैतन्य अभिनय छाडेर उनले घरपरिवार हेरोस् भन्ने चाहन्थें। यो जोडी छुट्टिनुको अर्को महत्वपूर्ण कारण पारिवारिक हस्तक्षेप हुन नपाउनु पनि भएको भारतीय सञ्चार माध्यमले जनाएका थिए।

‘निकै सोच विचार गरेर नै चैतन्यसँगको सम्बन्ध टुङ्ग्याउने निर्णय गरेको हुँ। १० वर्ष लामो मित्रतापछि हामीले संगै बस्ने निर्णय गरेका थियौं’, सामन्थाले सामाजिक सञ्जालमा लेखेकी थिइन्, ‘हामी बैवाहिक सम्बन्धबाट अलग भएका छौं। तर, हामी असल साथीका रुपमा संधै रहिरहने छौं। समन्थाले नागा चैतन्यसँगको सम्बन्ध बिच्छेदपछि एक्लै बस्दा खुसी लागेको बताएकी थिइन्। 

सामन्था र नागा चैतन्यको विवाह सन् २०१७ को अक्टोबरमा भएको थियो। नागा चैतन्य दक्षिण भारतका सुपरस्टार नागार्जुनका छोरा हुन्। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×